काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन ९५ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो ।
त्यसैगरि तेजावी सुन पनि ५ सय बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी १२ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्