Skip to content
Shikhar Insurance
National Life

मध्यपूर्व र युरोप जाने नेपाली टार्गेट गर्दै जजीराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

Hyundai
NCELL
NIMB

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ ।

जजीराले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य–पुर्व र युरोपमा बसोबास गर्ने नेपालीहरु नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने कम्पनीले जनाएको छ ।

यो नेपालमा जजीरा एयरवेजको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ ।

नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गईरहेको छ ।

यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ।

यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।

सोहि क्रममा आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, “७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिमी भागमा समेत ठुलो परिवर्तन ल्याउनेछ ।

साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पाउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।

जजीराले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरु गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्