काठमाडौं । रोयल इनफिल्डको झन्डा सगरमाथा शिखरमा फहराइएको छ । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ “गुफी” ले सगरमाथा सफल आरोहण गरेका छन् ।
उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पुरा गरे ।
सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यलयमा कम्पनीका निर्देशक हर्ष संघाइले रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए । श्रेष्ठले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराए ।
विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले नेपालभर बिक्री अनुमती पाएको छ । कम्पनीले बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ l
प्रतिक्रिया दिनुहोस्