Shikhar Insurance
National Life

सार्वजनिक सवारीको भाडा ४४ दिनमै बढ्यो, चुनावसँगै महंगी उपहार (यस्तो छ नयाँ भाडादर)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा फेरि बढाएको छ । इन्धनको भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फको भाडा ३.५ प्रतिशतले बढेको छ । यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको विभागले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले ४४ दिनमै नयाँ भाडादर लागु गरेको हो । नयाँ भाडादर भोलि बुधबार अर्थात् जेठ ४ गतेदेखि लागु हुनेछ ।

यसअघि चैत २० गते लागु हुने गरी नयाँ भाडादर तोकिएको थियो । सोबेला डिजेलको भाउ प्रतिलिटर १३८ रूपैयाँ थियो । इन्धनको मूल्य ५ प्रतिशतले बढेको स्थितिमा सरकारले सार्वजनिक सवारीको भाडा बढाउने गर्छ ।

नेपाल आयल निगमले स्थानीय तह निर्वाचनको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य बढाएकामा सरकारले त्यसको ३ दिन पछि नयाँ भाडादर लागु गरेको हो ।

कहाँको भाडा कति ?

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्