Shikhar Insurance
National Life

सेयर बजारमा ८४ अंकको पहिरो, २ कम्पनीको मात्र मूल्य बढ्दा १ अर्ब ६४ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १५:५९
Hyundai
NCELL
NIMB

काठमाडौँ । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचकले घट्ने क्रमले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबारको दिन घटेर बन्द भएको नेप्से साताको पहिलो कारोबारकै दिन ठूलो पहिरो गएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ को विन्दुमा आएको हो । त्यस्तै ठुला कम्पनिका सेयर मापक सेन्सेटिभ इण्डेक्स १४.२७ अंकले घटेर ४३९.६९ विन्दुमा आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार २२१ कम्पनीका ५३ लाख ९५ हजार ७४८ कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख ९६ हजार रुपैयाँमा कारोबार भए । नेप्से परिसूचक उच्च अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५१ करोड रुपैयाँ कम कारोबार भएको हो ।

यसैगरि १३ वाटै समूहगत उपसुचक घटेका छन् ।

कारोबार रकमको आधारमा जाल्पा सामूदायिक लघुवित्त शिर्ष स्थानमा रहेको छ । यस कम्पनिको ९ करोड ७९ लाख ९ हजार बराबरको सेयर खरिदबिक्री  भए । त्यस्तै अरुण भ्याली हाइड्रो ५ करोड ६९ लाख ५१ हजार, सानिमा माइ हाइड्रो ५ करोड ५६ लाख ३४ हजार, सूर्य जिवन बीमा ५ करोड ५२ लाख ६५ हजार र उपर तामाकोशी ५ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार सहित शिर्ष स्थान रहे ।

मंगलबार कारोबारमा आएका २ कम्पनिको सेयर मूल्य बढ्दा १८८ कम्पनिको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्