Shikhar Insurance
National Life

सुरु भयो वुद्ध जन्मभूमिमा गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २, सोमबार ०९:१९
Hyundai
NCELL
NIMB

लुम्बिनी । गौतम वुद्धको जन्मभूमि लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन गरिएको छ । लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटन केन्द्रका रुपमा विकास गराउन महत्वपूर्ण मानिएको विमानस्थलमा कुवेतबाट जजिरा एयरको विमान अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको जहाज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार बिहान वुद्ध जयन्तीकै अवसर पारेर बिशेष कार्यक्रमका बीच गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।

यससँगै नेपालमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ । व्यवसायीक उडान भने जेठ २९ गतोट आरम्भ गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

२५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो ।

जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जजिराले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेका छन् । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

भैरहवाले निजगढलाई उछिन्दै दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बनेको हो । निजगढको निर्माण नै सुरू भएको छैन । निजगढ भन्दा अगावै पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्