Shikhar Insurance
National Life

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १, आईतवार १७:५५
Hyundai
NCELL
NIMB

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएको छ ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उनसँग प्रतिस्पर्धामा छन् । महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन । पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटौ पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापना मिलाइएको छ ।

पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्