काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि साताको दुई दिन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । विश्वविद्यालय राजिष्ट्रारको कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै हप्ताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्ने स्पष्ट पारेको हो ।
विश्व विद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरु ६ कार्यदिनका आधारमा तय भएको र कोरोनाका कारण पनि शैक्षिक क्यालेण्डर नियमित गर्न मुस्किल परेकाले सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भनेको हो ।
प्रतिक्रिया दिनुहोस्