काठमाडौं । ६ वटा महानगर र ११ वटा उप महानगरसहित देशका ठूला शहरहरुमा नेकपा(एमाले) क्लीन स्वीप हुने भएको छ । यस अघि ६ मध्ये २ महानगर जितेको एमाले यसपाली एउटै महानगरमा पनि अग्रता कायम गर्न सकिरहेको छैन् ।
११ उप महानगरपालिका मध्ये ७ वटा जितेको एमालेले यसपाली कुनै पनि उपमहानगर पालिकामा अग्रता बनाउन सकिरहेको छैन् ।
एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं र पोखरा महानगरपालिकामा भारी मत अन्तरले मेयर जितेको थियो ।
त्यस्तै, ११ उप महानगरपालिका मध्ये एमालेले गत ०७४ सालमा धरान, इटहरी, जितपुरसिमरा, हेटौंडा, बुटवल, घोराही र तुलसीपुरको मेयर जितेको थियो । यी सबै ठाउँमा यतिबेला एमाले उम्मेदवारहरु गठबन्धनसँग पछि परिरहेका छन् ।
पाँच दलिय गठबन्धनले महानगर र उप महानगरपालिकाहरुमा गठबन्धन गरेका थिए । गठबन्धनकै बलमा यसपाली एमाले शहरहरुमा क्लिन स्वीप हुने अवस्था तर्फ उन्मुख बनेको हो ।
प्रतिक्रिया दिनुहोस्