काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ १ गते आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । स्थानिय तह चुनावका कारण दुई दिन बन्द भएको बजारमा साताको पहिलो दिन नै सुनाचाँदीको भाउमा भारी गिरावट आएको हो ।
आज छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँमा करोबार भईरहेको छ । गत बैशाख २९ गते छापावाल सुनको भाउ ९७ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख २९ गते तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै गरी आज चाँदीको भाउ बैशाख २९ गतेको तुलनामा १० रुपैयाँले घटेर तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्