काठमाडौं । सरकारले इन्धनको मूल्य एकै पटक १० रुपैयाँले वृद्धि गरेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० ले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० रुपैयाँ र १५३/१५३ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
निगमले नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्