Skip to content
Shikhar Insurance
National Life

लालपुर्जा देखाएर पनि भोट हाल्न पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । नामावालीमा नाम भएकाले नागरिकता, राहदानी वा लालपुर्जा देखाएर पनि मत दिन पाइने भएको छ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको हो ।

आयोगले आज गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्