Skip to content
Shikhar Insurance
National Life

लगातार चौथो दिन बढ्यो नेप्से, हकप्रद स्वीकृतिको आशामा हाइड्रोले उचाले सेयर बजार

Hyundai
NCELL
NIMB

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले बढेको छ । साताको पहिलो दिन देखि बढेको नेप्से बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ को विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सिटिभ परिसूचक ९.५२ अंकले बढेर ४ सय ५६.६६ को विन्दुमा पुगेको छ ।

बुधबार २२९ कम्पनीका ५३ लाख ३३ हजार १०९ कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँमा कारोबार भए । नेप्से परिसूचक उच्च अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा ८० करोड रुपैयाँ बढी कारोबार भएको हो ।

कारोबार भएका १३ वटै समूहको उपसूचक बढे । बैंकिङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अङ्कले बढेका छन् ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शिर्ष स्थानमा रहेको छ । यस कम्पनीको १० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै ङादी ग्रुप ८ करोड ७३ लाख ४१ हजार, राधि विद्युत कम्पनी रु ७ करोड ६२ लाख ६७ हजार, शिभम्म सिमेन्ट ६ करोड ७५ लाख ८८ हजार र नेशनल हाइडो ५ करोड ८० लाख ६२ हजार  बराबरको कारोबार सहित शिर्ष स्थानमा रहे ।

नेप्से उच्च अंकले वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबारमा आएका १९२ कम्पनिको सेयर मूल्य बढ्दा २ कम्पनिको सेयर मूल्य भने घटेका छन् ।

पोजिटिभ सर्किट लाग्ने अधिकांश जलविद्युत कम्पनी हुन् । पछिल्लो समय जलविद्युत कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद जारीको अनुमति दिइरहेको छ । बरूण हाइड्रो, ङादी र राधी पावरले राइटको स्विकृति पाइसकेका छन् भने आवेदन दिएर बसेका कम्पनी पनि अनुमतिको पर्खाइमा छन् । केही जलविद्युत कम्पनीको सेयर मूल्य राइटको आशामा पनि बढेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्