काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सूचीकृत भएको हो ।
सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज १ बराबर एकको स्वापमा मर्ज भएका हुन् ।
सेयर सूचीकृत भएसँगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको SWMF सिम्बोलबाट कारोबार हुने छ ।
प्रतिक्रिया दिनुहोस्