Shikhar Insurance
National Life

उतारचढावका बीच १२.२७ अंकले बढ्यो नेप्से, कारोबार रकममा एनटीसी टप

सिंहदरबार संवाददाता
२०७९ बैशाख २६, सोमबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौँ । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसुचक दोस्रो दिन पनि उकालो लागेको छ । आइतबार बढेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से १२.२७ अंकले बढेर २२६८.८४ को विन्दुमा आएको हो । दिनभर उतारचढावका बीच परिसूचक हरियो बनेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से बढेसँगै सेन्सिटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सिटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेका छन् ।

यसदिन २२२ स्क्रिप्टका ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर २८ हजार ६ सय ७५ कारोबार मार्फत १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से बढेसँगै जाल्पा सामुदायिक लघुवित्त संस्थाको सेयर सर्कीट लेभलमा कारोबार भएको छ । त्यस्तै माहुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सानिमा लार्ज क्याप र आरएसडीसी लघुवित्त संस्थाले पनि मनग्य कमाएका छन् ।

नेप्सेका अनुसार नेपाल दुरसंचार कम्पनि (एनटीसी) को सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सोमबार कारोबारमा आएका ११४ कम्पनिको सेयर मूल्य बढ्दा ७१ कम्पनिको सेयर मूल्य भने घटेको छ । यसैगरी १३ वटा समुहगत उपसुचक मध्य ९ वटा उपसुचक बढेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्