Skip to content
Shikhar Insurance
National Life

चुनावको मुखैमा बैंकहरूमा निक्षेप थपिन थाल्यो, सीडी रेसियो पनि घट्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । चुनावको मुखैमा बैंकमा पैसा बढ्न थालेको हो ।

पछिल्लो साता वाणिज्य बैंकमा रहेको निक्षेप ५ अर्ब ८७ करोड रूपैयाँ बढेको छ । जुन अघिल्लो साता ४६ करोड रूपैयाँले विस्तार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैशाख १६ सम्म ‘क’ वर्गका बैंकहरूमा ४३ खर्ब ६७ अर्ब ५९ करोड रूपैयाँ निक्षेप थियो जुन २३ गतेसम्म विस्तार भएर ४३ खर्ब ७३ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ ।

अघिल्लो वैशाखको पहिलो सातासम्म बैंकबाट बाहिरिएको पैसा नफर्कँदा बैंकहरू तनावमा थिए । अहिले भने फर्कन थालेको महसुस हुन थालेको छ ।

यता वाणिज्य बैंकहरूले निक्षेप घटाउन थालेका छन् । वैशाख १६ सम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ९६ अर्ब ८७ करोड रूपैयाँ बराबरको कर्जा प्रवाह गरेकामा २३ गतेसम्म ३ अर्ब ६५ करोडले घटेर ४१ खर्ब ९३ अर्ब २२ करोड कायम भएको छ ।

निक्षेप बढ्नु र कर्जा घट्नुको प्रत्यक्ष प्रभाव सीडी रेसियोमा परेको छ । १६ गतेसम्म ९०.९९ प्रतिशत कायम सीडी रेसियो २३ गतेसम्म घटेर ९०.८१ प्रतिशत पुगेको छ ।

असार मसान्तभित्र बैंकहरूले सीडी ९० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको बाध्यकारी व्यवस्था भएकाले बैंकहरू निक्षेपको तुलनामा दिइने कर्जाको दर घटाउँदै लैजान थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्