Shikhar Insurance
National Life

१० कित्ता भन्दा बढी सेयर हुनेले अडलटमा बेच्न नपाउने

सिंहदरबार संवाददाता
२०७९ बैशाख २६, सोमबार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूलाई अडलट कारोबार नगराउन निर्देशन दिएको छ । नेप्सेले हिजो अत्यन्तै जरूरी भन्दै दलाल तथा सरोकारवाला पक्षहरुलाई अडलट कारोबार नगर्न/ नगराउन निर्देशन दिएको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने उल्लेख छ । जसअनुसार अंकित मूल्य १० रूपैयाँ भएका कम्पनीको सेयर मूल्यको हकमा १०० कित्ता कारोबार इकाइ हो भने १०० रूपैयाँ भएका कम्पनी हकमा १० कित्ता कारोबार इकाइ हो । यस्तै १ हजार रूपैयाँ अंकित मूल्यको ऋणपत्रको कारोबार इकाइ १ कित्ता हो । तर कारोबार इकाइ वा सो भन्दा बढी धितोपत्र (म्युचलअल फन्ड, सेयर वा ऋणपत्र) भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रको अडलट बिक्री गर्न नपाउने व्यवस्था छ । सोही व्यवस्था कार्यान्वयन गर्न नेप्सेले पत्र लेखेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेको निर्देशनपछि ब्रोकर कम्पनीहरूले टीएमएस प्रणालीमा कारोबार इकाइभन्दा बढीको कारोबार अडलटमा गर्न नमिल्ने व्यवस्था बनाउनेछन् ।

नेप्सेको निर्देशन अनुसार अब सेयरधनीसँग १० कित्ता भन्दा बढी सेयर भएमा त्यसलाई अडलटमा बिक्री गर्न पाउनेछैनन्।

नप्सेले टीएमएस प्रणालीबाट अनलाइन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न/नगराउन निर्देशन दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्