काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले साताको ५ दिन बजार सञ्चालन गर्न ब्रोकरहरूलाई पत्र लेखेको छ । नेप्सेले दलाल व्यवसायीलाई चिठी लेख्दै बजार सोमबार देखि शुक्रबारसम्म सञ्चालन गर्न र कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ कायम गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषदले जेठ १ गते दिख लागु हुने गरी कार्यालय दिन र अवधि परिवर्तन गरेको थियो । नेप्सेले धितोपत्र बजार संचालनका लागि सोहीअनुसार ब्रोकरलाई पत्र लेखेको हो ।
नेप्से सञ्चालक समितिले वैशाख २१ गते नै सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुलाउने र साढे ९ देखि साढे ५ बजेसम्म कार्यालय अवधि तोक्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्