काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको वैठकले जेष्ठ ७ गते विशेष साधारणसभा बोलाएको हो ।
सभाबाट नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बताइएको छ । नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्