Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशियाका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक एवं काठमाडौं प्याथल्यावमा २५% छुट पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक, क्लिनिक र सेन्टरबीच यस्तो समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेज्यूले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकका ग्राहकले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

गतिशील बैंकिङ्गको अभ्यास गर्दै एनआईसी एशियाले समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्