Skip to content
Shikhar Insurance
National Life

नक्कली सर्टिफिकेटको भरमा सुनिता डंगोलले ५ वर्ष खाइन् मासिक ८० हजारको जागिर !

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार सुनिता डंगोललाई नक्कली शैक्षिक प्रमाणका भरमा महानगरपालिकामा जागिर खाएको आरोप लागेको छ । एमालेबाट उम्मेदवार बनेकी डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

उनले शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएको आरोपपत्रमा उल्लेख छ । उजुरीमा डंगोलले मासिक ८० हजार रूपैयाँका दरले ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

काठमाडौं महानगरमा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने ठाउँमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्