Skip to content
Shikhar Insurance
National Life

जापानसँग मिल्यो थाइल्याण्डः युक्रेनदेखि अरू विदेशी मामलामा सघाउने

Hyundai
NCELL
NIMB

टोकियो । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान-ओ-चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गरेको थियो ।

युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायातका विषय सम्झौतामा समेटिएको छ।

“हाम्रो रक्षा उपकरण र प्रविधि हस्तान्तरण सम्झौतामा द्विपक्षीय रक्षा सहयोग विस्तार गर्ने एक प्रमुख कदम हो,” किशिदाले संयुक्त सम्मेलनमा बताउनु भएको क्योडो समाचार एजेन्सीले उद्धृत गरेको छ।

गत शुक्रबारदेखि अन्तरराष्ट्रिय भ्रमणमा रहेका जापानी प्रधानमन्त्रीले इन्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री किशिदा यही शुक्रबार स्वदेश फर्कनेछन् ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्