काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपिओ बैशाख २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कुल निष्कासनमध्ये २ प्रतिशतले हुने ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुने अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आइपिओ बिक्रि प्रबन्धक भने प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सकिन्छ । कम्पनिको आईपिओले केयर रेटिङ्ग नेपालबाट केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्