Shikhar Insurance
National Life

आफैंले नियुक्त गरेको कुलमानविरुद्ध खनिए जनार्दन, ‘प्राधिकरणको लापरबाही’ले उद्योगमा लोडसेडिङ

सिंहदरबार संवाददाता
२०७९ बैशाख १९, सोमबार १३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेकाले वाहवाही पाएका तत्कालीन ऊर्जामन्त्री तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा उनै कुलमानविरुद्ध खनिएका छन् ।

ऊर्जा आपूर्ति व्यवस्थापन गर्न नसक्दा अहिले देशभरका उद्योग व्यवसाय बन्द हुने पुगेका छन् । औद्योगिक क्षेत्र र करिडोरका उद्योगले दिनको १२ घन्टामात्र बिजुली पाउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तोमा प्राधिकरण नेतृत्वमा रहेका व्यक्तिले लापरबाही तरिकाले काम गरेका कारण यो स्थिति पैदा भएको अर्थमन्त्री शर्माको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघले बजेटमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले समयमा प्रशारणलाइन नबनाइदिँदा कयौं मेगावाट बिजुली खेर गएको बताए ।

“काममा लापरबाहीले गर्दा बिजुली समस्या भएको हो,” शर्माले भने, “प्रशारण लाइन बनाउने क्रममा अलि तीब्रता दिएको भए अहिले समस्या हुन्थेन ।” दोदी खोलाबाट उत्पादित बिजुली प्रशारणलाइनमा नजोडिएको विषय रोख्दै उनले भने, “ढकाल जीको (चन्द्रप्रसाद ढकालको लगानी रहेको जलविद्युत आयोजना) २७ मेगावाट जोडिन पाएको छैन । ढिला भइसक्यो घाटा छ ।”

शर्माले बिजुलीको समस्या परेकै दिन क्याबिनेटमा यस विषयमा कुरा भएको बताए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले बिजुली नपाउँदा उद्योगहरु बन्द हुने स्थितिमा पुगेको जानकारी गराए । उस्तै महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफ्नो लगानीमा बनेको जलविद्युत समेत केही परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारणलाइनमा नजोडिएको गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्