Shikhar Insurance
National Life

पेट्रोलभन्दा डिजेल महंगो, ग्यासको मूल्य २६ सय ५० रूपैयाँ !

सिंहदरबार संवाददाता
२०७९ बैशाख १८, आईतवार १९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्धनको मूल्य भारतबाट झन् बढेर आएको छ । नेपाल आयाल निमगले भारतीय समकक्षी इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ किन्दा तिर्ने मूल्य झन् महंगो भएको हो ।

आईओसीले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पछिल्लो १५ दिनको औसतका आधारमा १५ दिनका लागि नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार पेट्रोल खरिद लागत ७ रूपैयाँ महंगिएको छ । यस्तै डिजेल पनि १० रूपैयाँले बढेर पेट्रोल भन्दा महंगो भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली बजार मूल्य अनुसार पेट्रोलभन्दा डिजेल १७ रूपैयाँ सस्तो छ तर निगमको खरिद मूल्य पेट्रोलभन्दा ११ पैसा महंगो बनेको छ ।

निगमलाई पेट्रोलमा प्रतिलिटर घाटा २३ रूपैयाँ २ पैसा पुग्दा डिजलमा ४० रूपैयाँ १३ पैसा घाटा छ । १५ दिनमै निगमले पेट्रोलमा ७१ करोड र डिजेलमा ३ अर्ब ५ करोड रूपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।

यता मट्टितेलको खरिद लागत करिब ७ रूपैयाँ बढेको छ भने हवाइ इन्धन ४-४ रूपैयाँले महंगिएको छ ।

यसैगरी निगमले प्रतिसिलिन्डर २५ सय ५१ रूपैयाँमा किन्दै आएको एलपी ग्यासलाई अब २६ सय ५० रूपैयाँ तिर्नु पर्नेछ ।

निगमले यो पल्ट भारतबाट कति रूपैयाँ मूल्य बढेको भन्ने खुलाएको छैन । उल्लेखित मूल्य भारतलाई तिर्नुपर्ने मूल्य, कर र अन्य खर्चसमेत हो ।

भाउ बढेर आएपछि घाटामा चलिरहेको निगमले थप भार बेहोर्नुपर्ने भएको छ । अब निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड रूपैयाँ घाटा हुनेछ । यस्तो घाटा अघिल्लो १५ दिनमा ३ अर्ब ७३ करोड हुने अनुमान गरिएको थियो ।

हाल कायम मूल्यसूचीअनुसार निगमलाई मट्टितेल र हवाइ इन्धनमा नाफा छ भने ग्यासको घाटा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ नाघेको छ ।

निगमका अनुसार विगत ९ महिनादेखि घाटामा चलिरहेकाले मूल्य स्थिरीकरणसहित सबै सञ्चिति कोष रित्तिइसकेको छ । अब मेमा आईओसीलाई तिर्नुपर्ने १० अर्ब रूपैयाँ निगमसँग उपलब्ध छैन । निगमले ऋण लिएर पैसा तिर्ने योजना बनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्