काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला गरेको छ । सर्वोच्चले वैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंक मोक्तानको संयुक्त इजलासले छानबिनका लागि गभर्नर निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्ने अन्तिम आदेश दिएको हो ।
सर्वोच्चको फैसलाले नेपाल राष्ट्र बैंकको स्वायत्तता फेरि जोगिएको छ ।
प्रतिक्रिया दिनुहोस्