Shikhar Insurance
National Life

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुनेः कांग्रेस

सिंहदरबार संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १०:५७
Hyundai
NCELL
NIMB

नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म० उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्