Shikhar Insurance
National Life

नेपाल वेयरहाउजिङ कम्पनीमा निफ्राले सेयर लगानी गर्ने, अर्को वर्ष २०% आईपीओ

सिंहदरबार संवाददाता
२०७९ बैशाख १५, बिहीबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयर लगानी गर्ने भएको छ । बिहीबार २ कम्पनीबीच सेयर लगानीको सम्झौता भएको हो ।

नेपाल वेयरहाउजिङ कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १३९ करोड छ । सो लगानी मध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबारकत्त सम्झौताअनुसार कूल जारि चुक्ता पुँजी ५५ करोड मध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले कम्पनीमा ५ करोड बराबरको स्वपुँजी लगानी गर्ने छ । नेपाल वेयरहाउजिङ कम्पनीको हालको पुँजी रु २३.३७ करोड रहेकोमा सेयरधनीहरुबाट समेत गरि जम्मा रु ५५ करोड जुटाईने बताइएको छ ।

अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने रु ५० करोड जम्मा भएपछि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कूल पुँजीको २०% ले हुन आउने रु १३.७५ करोड बराबरको आईपीओ जारी गर्ने बताएको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्रवाह हुने बाताबरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ । साथै नेपाल इन्फ्रास्टक्चर बैंक लि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको बैंकको उद्देश्य पूर्वाधार विकासमा स्वपुँजी तथा ऋण लगानी गर्नु हो ।

नेपाल वेयरहाउजिङ कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु हो ।

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग छ । अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनीले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्दतीलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्