काठमाडौं । सरकारले हप्तमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सेयर बजारमा सो निर्णय जस्ताको त्यस्तै लागु भएमा हप्तामा तीन दिन सेयर बजार बन्द गर्नुपर्ने हुन्छ । हाल शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुने गरेको छ । दुई दिन सार्वजनिक बिदा हुने भयो, सेयर बजारमा के हुन्छ ? भन्ने प्रश्नमा नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्–‘अहिले नै के हुन्छ भन्न सकिन्न तर छलफल भैरहेको छ ।’
श्रोतका अनुसार अब शुक्रबार पनि सेयर कारोबार खुला हुनेछ । बजार शनिबार र आइतबार मात्रै बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस्