Skip to content
Shikhar Insurance
National Life

गाडी आयात रोक्ने निर्णय ‘बल्ल’, मोबाइल र यी १० चिज पनि ल्याउन नपाइने (राजपत्रसहित)

Hyundai
NCELL
bilasita
NIMB

काठमाडौं । गाडि आयात बन्द गर्ने सूचना चुहाएको आरोप प्रत्यारोप उत्कर्षमा रहेका बेला सरकारले गाडी आयात रोक्ने निर्णय बल्ल गरेको छ । गाडिको एलसी काण्डबारे अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभनर्रबीच सूचना चुहाएको आरोप प्रत्यारोप चलिरहेका बेला सरकारले बल्ल औपचारिक निर्णय गरेको हो ।

सरकारले गाडिसँगै १० प्रकारको वस्तुको आयात बन्द गरेको छ । बुधबार बिहान राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयात रोकेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचना अनुसार अनुसार गाडिसँगै २५० सीसीभन्दा ठूला मोटरसाइकल, खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगिन टेलिभिजन, मोबाइल, हिरा, चुरोट सुर्ती, रक्सी, कुरकुरे लेज को आयात बन्द भएको हो ।

राजपत्र अनुसार वैशाख १३ गतेभन्दा अघि बैंकमा एलसी खोलेको वस्तुको आयात भने नरोकिने उल्लेख छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE