काठमाडौं । आज वैशाख १४ गते, नेपाल राष्ट्र बैंक स्थापनाको ६६ वर्ष पुरा हुँदैछ । वि.सं. २०१३ वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो ।
नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते ९सन् १९५६ अप्रिल २६० मा भएको थियो।
नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपकको रूपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाको नियमन, मौद्रिक नीति तर्जुमा, नोट जारी, सरकारको बैंकको भुमिका निर्वाह, विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ ।
राष्ट्र बैंकले बुधबार स्थापनाको ६७ औं वार्षिकोत्सव मनाउँदै गर्दा यसदिनलाई केन्द्रीय बैंकको स्वायत्तता मापनको नजरले पनि उत्तिकै हेरिँदै छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि निलम्बन गर्ने सरकारको निर्णयमाथि फैसला हुने क्रममा छ ।
मंगलबारका लागि तोकिएको मुद्दाको पेशी हिजो हेर्दाहेर्दैमा सकिएको थियो । न्यायधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्ताको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने टुंगो लाग्दैछ ।
वैशाख ६ गते न्यायधीश हरिप्रसाल फुयाँलको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिँदै गभर्नरलाई काममा फर्काएको थियो ।
सरकारले चैत २५ गते गभर्नर निलम्बन गरी उनीमाथि छानबिनको प्रक्रिया अघि बढाएको थियो । छानबिन गर्न बनेको अध्ययन समितिको संयोजकमा अर्थमन्त्री जनार्दन शर्माको आफन्त राखेकाले समिति आफैं विवादमा छ ।
अल्पकालीन आदेशले निरन्तरता पाए गभर्नर निलम्बन हुनबाट जोगिनेछन् । मुद्दाको फैसलाले राष्ट्र बैंकको स्वायत्तताको टुंगो लगाउने तर्क गरिएको छ ।
वि.सं. २०५८ मा आएको नेपाल राष्ट्र बैंक ऐनले नेपाल राष्ट्र बैंकलाई स्वायत्त संस्थाको परिकल्पना गरेको थियो । त्यसयता ऐन संशोधन र सरकारी व्यवहारमार्फत् केन्द्रीय बैंकको स्वायत्तता खोसिँदै आएको थियो ।
बुधबार केन्द्रीय बैंक प्रांगणमा राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव मनाइँदै छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ । कार्यक्रममा गभर्नर अधिकारी उपस्थित हुने नहुने भन्ने सवत्र चासोको विषय हो ।
प्रतिक्रिया दिनुहोस्