Shikhar Insurance
National Life

सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको प्रस्ताव, अधिकांशको जोड हकप्रदमा

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । ३९ वटै बीमा कम्पनीहरुले पुँजी वृद्धि प्रस्ताव पेश गरेका छन् । बीमा समितिले तोकेको बैशाख ११ गते सकिएको दुईपछि अर्थात १३ गतेसम्म सबै कम्पनीहरुले पुँजी वृद्धिको प्रस्ताव पेश गरेका हुन् ।

बीमा समितिले चैत १० गते जीवन र निर्जीवन बीमा कम्पनीहरुका लागि पुँजी वृद्धिको निर्णय गरेको थियो । जस अनुसार आगामी २०८० असार मसान्तभित्र जीवन बीमा कम्पनीहरुले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने र त्यस्तो पुँजी वृद्धिको प्रस्ताव एक महिनाभित्र पेश गर्नुपर्ने उल्लेख थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको प्रस्ताव पेश गरिसकेका छन्, सञ्चालक समितिको बैठक मार्फत अध्ययन गरेर कुन कम्पनीलाई कसरी पुँजी पुर्याउन दिने भन्ने निर्णय हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

अधिकांश कम्पनीको जोड हकप्रद मै
पुँजी वृद्धिको प्रस्ताव बुझाएका अधिकांश कम्पनीहरुले मर्जरलाई भन्दा हकप्रद सेयरमै जोड दिएका छन् । ‘बीमा कम्पनीको मर्जर प्रक्रिया जटिल हुन्छ, लगानीकर्ताहरुको इन्ट्रेस्ट मिलाउन पनि मुस्किल हुन्छ, त्यसकारण हकप्रद सेयर जारी गरेरै पुँजी पुर्याउने भनेका छौं’, एक बीमा कम्पनीका सिईओले सिंहदरबारसँग भने ।

आईपीओ जारी नगरेका बीमा कम्पनीहरुलाई भने पुँजी पुर्याउन सहज हुने भएको छ । त्यस्ता कम्पनीहरुका सञ्चालकहरुले नयाँ पुँजी संरचना अनुसार पुँजी थप्न पाउने सम्भावना छ ।

त्यसरी, सञ्चालकले पुँजी थप्न चाहाँदा सहजै पाउने कम्पनीहरुमा सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, महालक्ष्मी लाईफ, रिलायबल लाइफ र आईएमई लाइफ रहेका छन् । तिमध्ये महालक्ष्मी लाइफले मर्जरमा जान तयार रहेको प्रस्ताव समितिमा बुझाएको छ । ‘हामीले पुँजी पुर्याउनका लागि मर्जरमा जाने मनस्थिति बनाएका छौं, उपयुक्त पार्टनर भेटियो भने हामी मर्जरमै जाने हो’, महालक्ष्मी लाइफका सिईओ रमेश कुमार भट्टराईले सिंहदबारसँग भने ।

२५ प्रतिशतलाई ‘ओके’
बीमा समितिले भने २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउन सक्ने कम्पनीहरुलाई त्यस्तो सुबिधा दिन सकिने बताउँदै आएको छ । समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पनि पुँजी वृद्धिका लागि हकप्रद जारी गर्नै नदिने भन्ने अडानमा समिति नरहेको बताएका छन् । ‘हकप्रद सेयर दिँदै नदिने भन्ने छैन्, प्राप्त प्रस्तावहरु सञ्चालक समितिमा लगेर अध्ययन गर्छाैं र पुँजी वृद्धिका लागि बाटो खोलिदिन्छौं’, अध्यक्ष सिलवालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्