काठमाडौं । नेकपा(एकिकृत समाजवादी)ले काँग्रेस र माओवादी केन्द्रले मात्रै गठबन्धन गरेका सबै ठाउँमा आफ्ना छुट्टै उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले गठबन्धन नभएका सबै ठाउँमा आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
‘गठबन्धन भएका सबै ठाउँमा सोही अनुसारका उम्मेदवारहरुलाई जिताउन लाग्ने र गठबन्धन नभएका ठाउँमा पार्टीले आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेका छौं’, एकिकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुषालले भनेका छन् । कतिपय जिल्लामा काँग्रेस र माओवादी केन्द्रले मात्रै गठबन्धन गरेर एकिकृत समाजवादी पार्टीलाई बाइपास गरेपछि सो पार्टीले त्यस्ता ठाउँका सबै पदमा आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्