Shikhar Insurance
National Life

नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ हुनुपर्ने राष्ट्र बैंकको निष्कर्श

सिंहदरबार संवाददाता
२०७९ बैशाख १२, सोमबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ हुनु नहुने पक्षमा सरोकारवाला रहेको देखाएको छ । केन्द्रीय बैंकले गरेको एक अध्ययनले वाणिज्य बैंकको संख्या थोरैमा ११ र बढीमा १५ हुनु पर्ने राय सरोकारवालाले दिएका हुन् ।

राष्ट्र बैंकको निष्कर्श छ कि समान अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय र जनसंख्या भएका मुलुकको तुलनामा नेपालमा वाणिज्य बैंकको संख्या निकै बढी हो । अध्ययनले नेपालमा सबै प्रकारका वित्तीय संस्थाको संख्या पनि बढी भएको निष्कर्शमा सरोकारवाला छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकको अध्ययनले २० प्रतिशत सरोकारवाला वाणिज्य बैंकको संख्या कम्तिमा ५ देखि बढीमा १० बनाउनुपर्ने पक्षमा छन् । भने १५ प्रतिशतको राय बढीमा २० बैंक हुनुपर्ने भन्ने छ ।

बैंकर तथा विज्ञबाट लिइएको रायमा मर्जर नै बैंकको संख्या घटाउन उपयुक्त औजार मानिएको छ । राष्ट्र बैंकले १४० बैंकर तथा ९० विज्ञलाई प्रश्नावली फारम भर्न लगाएको थियो । सोहीका आधारमा बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकको संख्या बढीमा १५ हुनुपर्ने निष्कर्श निकालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्