काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा नेप्से परिसुचक भारी अंकले बढेको छ । कारोबारको सुरुदेखि निरन्तर बढेको नेप्से परिसुचक ९५ अंकले बढेर बन्द भएको छ ।
आईतबार नेप्से परिसुचक ९५.५२ अंकले बढेर २४२०.९६ को विन्दुमा पुगेको छ । गत साताको अन्तिम दिन झिनो आशा देखाएर बन्द भएको नेप्से परिसुचक आज साताको पहिलो दिन नै उच्च अंकले बढेको हरियाली भएको हो । लामो समयपछि नेप्सेमा उच्च अंकको सुधार आएको हो ।
यसदिन ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर ४३ हजार ४ सय ५० कारोबारमार्फत् २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भए ।
नेप्से बढेसँगै सेन्सिटिभ इण्डेक्स १७.७४ अंकले बढेको छ फ्लोट इण्डेक्स ६.५८ अंक र सेन्सेटीभ फ्लोट इण्डेक्स ५.९३ अंकले बढेको छ ।
आइतबार दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । कारोबारमा आएका १३ वटै समूहगत उपसुचकहरुमा बढेका छन् । सबैभन्दा बढी फाइनान्स उपसमुहमा ८.६ प्रतिशतले बढेको छ ।
नेप्सेले उत्साह थपेपनि निरन्तर बढ्दै आएको नेष्डो समृद्ध लघुवित्तको सेयर मुल्य भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस्