Skip to content
Shikhar Insurance
National Life

दीपेन्द्र अग्रवालसहित ५ जनाविरूद्ध राजस्व अनुसन्धानको मुद्दा, १८ करोड रूपैयाँ कर छलेको आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलेको आरोपमा ५ जनाविरूद्ध ३६ करोडको मुद्दा हालेको छ । १८ करोड ५ लाख रूपैयाँ कर छलेको आरोपमा १८ करोड ५ लाख नै थप जरिवानाको माग गर्दै राजस्व अनुसन्धानले  उनीहरूविरूद्ध ललितपुरस्थित पाटन उच्च अदालतमा मुद्दा हालेको हो ।

उच्च अदालतले दीपेन्द्र अग्रवाल, मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रमित महर्जन र बिमल अग्रवाललाई राजस्व छलीको मुद्दा हालेको हो ।

उनीहरूले शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरेको राजस्व अनुसन्धानको आरोप छ ।

उनीहरूले ५ करोड ४४ लाख मु.अ.कर र १२ करोड ६० लाख रूपैयाँ आयकर छलेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्