काठमाडौं । संखुवासभा जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा मिलेको छ । कुल १० स्थानीय तहमध्ये ७ वटामा तालमेल गर्ने र बाँकी तीन वटामा मित्रवत प्रतिष्पर्धा गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जस अनुसार एकिकृत समाजवादी पार्टीले एक गाउँपालिकामा प्रमुख र २ वटामा उप प्रमुख पाएको छ भने माओवादीले सोही अनुसारको भागबण्डा प्राप्त गरेको छ । बाँकी पाँच वटा स्थानीय तहमा भने काँग्रेसले प्रमुख प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्