काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले हेटौँडा उप महानगरपालिकाको मेयरमा मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तत्कालिन एमालेबाट उप मेयर निर्वाचित लामा हाल एकिकृत समाजवादी पार्टीमा छिन् । उनै उप मेयर लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय एकिकृत समाजवादी पार्टीले गरेको हो ।
पार्टीका तर्फबाट हेटौँडाको मेयरका लागि लामा र मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस भएको थियो । गठबन्धनको भागबण्डामा हेटौंडा उप महानगरपालिका एकिकृत समाजवादीको भागमा परेको थियो । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी लामाले एमाले उम्मेदवारसँग प्रतिष्पर्धा गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्