काठमाडौँ । कारोबार सयम सकिनै लाग्दा आएको सुधारले सेयर बजारमा झिनो आशा पलाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले बढेको हो ।
कारोबारको सुरु भएदेखि घटेको नेप्से परिसुचक कारोबारको अन्तिमसम्म आइपुग्दा करिब ५ अंकले बढेको छ । आज नेप्से ४.९४ अंकले बढेर २३२५.४५ को विन्दुमा आएको हो ।
यसदिन २ सय ३१ स्क्रिप्टको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर ३६ हजार १ सय ९० पटकको कारोबारमार्फत् १ अर्ब ६२ करोड ९२ लाख ६८ हजार रुपैयाँमा खरिदिबक्री भए ।
बिहीबार सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन् ।
नेप्से बढेको दिन यस दिन जाल्पा लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहिबार १३ वटा समूहगत उपसुचकमध्य ८ वटा बढ्दा ४ वटामा गिरावट आए । सबैभन्दा बढी अन्य समहूको उपसूचक २.०५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्