काठमाडौं अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले वैशाख ७ गते ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।
सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकास्थित सोलु खोलामा २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीको आईपीओ एनएमबि क्यापिटलले जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्