Skip to content
Shikhar Insurance
National Life

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सर डिशहोम फाइबरनेट, स्टल नं. ३१ मा गए एकसाता सित्तैमा ‘गो’ हेर्न पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । २७ औं संस्करणको रुपमा सुरु भएको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।

डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि ३१ मार्फत आफ्नो फाईवरनेटको आवस्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ ।

यस पटकको क्यान इन्फोटेकमा आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहनेछन् ।

यस वर्षको क्यान इन्फोटेक साढे तीन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्