Shikhar Insurance
National Life

अदालतको फैसला बोकेर भोलिदेखि नै नियमित काममा फर्किन्छुः गभर्नर

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भोलिदेखि नै काममा फर्कने बताएका छन् । सर्वोच्च अदालतले निलम्बनको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पाकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर राष्ट्र बैंक फर्कने भएका हुन् ।

सिंहदरबारसँगको कुराकानीमा आफू भोलि नै अदालतको फैसला लिएर राष्ट्र बैंक गएर नियमित काम गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रीपरिषदको वैठकले छानबिनका लागि भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरेपछि गभर्नर अधिकारी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिनुका साथै छलफलका लागि दुवै पक्षलाई वैशाख १३ गते बोलाएको छ ।

अधिकारीको रिट हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अधिकारीले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी गभर्नरको रुपमा काम गर्न कुनै बाधा अबरोध नगर्न/नगराउन परमादेशलगायत आवश्यक आज्ञा आदेश जारीको माग गरेका थिए ।

अधिकारीले आफुले ऐनले तोकेका सबै जिम्मेवारी पूर्ण प्रतिवद्धताका साथ गरेको दाबी गरेका छन् । सरकारले उनलाई इमेलबाट पत्र पठाउँदै कार्यक्षमताको अभाव भएको उल्लेख गरी निलम्बन गरेको थियो तर त्यस पत्रमा कुन काम कार्यान्वयन नगर्दा भन्ने उल्लेख थिएन ।

सरकारले सरकारले दुराशय राखी पदबाट हटाउन अथमन्त्रीको आफन्तको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको आरोप अधिकारीको छ ।

अल्पकालीन अन्तरिम आदेशसँगै अधिकारी कम्तिमा १३ गतेसम्म काममा फर्किनेछन् । अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा वैशाख १३ गते छलफल हुनेछ । यदि संयुक्त इजालशले अल्पकालीन अन्तरिम आदेश निरन्तरता गरे गभर्नर अधिकारी पदमा बहाल हुनेछन् तर नदिएको खण्डमा सरकारको निलम्बन कार्यान्वयन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्