Skip to content
Shikhar Insurance
National Life

तल्लो चिरखुवा जलविद्युत आयोजनामा सेञ्चुरी बैंकले ७० प्रतिशत लगानी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एलसि इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ ।

यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ । सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्