काठमाडौं । एलन मस्कले ४० अर्ब डलरमा ट्विटर किन्ने घोषणा गरेका छन् । मस्कको घोषणासँगै ट्विटरका सिईओ पराग अग्रवालले त्यसबारेमा कम्पनीले मूल्यांकन गरिरहेको बताएका छन् । कर्मचारीहरुसँगको छलफलमा सिईओ अग्रवालले मस्कको प्रस्तावबारे मूल्यांकन भैरहेको बताएका हुन् ।
अग्रवालले मस्कको प्रस्तावका कारण कम्पनी बन्धक नबनाउने पनि स्पष्ट पारेका छन । मस्कले क्यानाडाको बैंकुवरमा अयोजित टेड २०२२ सम्मेलनमा त्यस्तो बताएका हुन् । उनले ट्विटर खरिद गर्ने प्लान बी समेत रहेको बताएका छन् । मस्कले ट्विटर अझै खुला र पारदर्शी हुनुपर्नेमा जोड समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्