Shikhar Insurance
National Life

नयाँ वर्षको अवसरमा फेयरफिल्डमा नेपाली खाना महोत्सव, चाख्न पाइन्छ यस्ता स्वाद

सिंहदरबार संवाददाता
२०७९ बैशाख १, बिहीबार १२:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०७९को अवसरमा काठमाडौं स्थित फेयरफिल्ड बाइ मेरियटले नेपाली खाना महोत्सव सञ्चालन गरेको छ । बुधबारदेखि सुरू भएको महोत्सव १० दिनसम्म चल्नेछ ।

सेफ सन्तोष सुवेदीको नेतृत्वमा चलिरहेको उत्सवमा नेपालका विभिन्न क्षेत्रका स्वाद चाख्न पाइनेछ । यो मेलालाई नयाँ वर्षको सुरूवात गर्ने उत्तम विकल्प मानिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोना महामारी प्रभाव कम भएसँगै गत अक्टोबरबाट पुनः सञ्चालनमा आएको फेयरफिल्डले दोस्रो महोत्सव आयोजना गरेको हो । होटलले यसअघि पनि पाकिस्तानी, लकनावी, थाइ फुड फेस्टिभल आयोजना गरिसकेको छ ।

महोत्सव अप्रिल १३ सम्म साँझ ७ बजेपछि सञ्चालन हुनेछ । प्रतिव्यक्ति २४ सय रूपैयाँमा तिरेपछि ग्राहकले बुफे डिनरसहित दुई नेपाली स्थानीय पेय तथा ह्विस्की/बियरको मज्जा लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्