काठमाडौं । एमटी बीएस सिक्स प्रि- रिजर्भेसन गरेर लामो समयसम्म प्रतिक्षामा रहेकाका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको छ । एमटी बीएस सिक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेकत्त बताइएको छ ।
कम्पनीले अबको केही दिनमै एमटी बीएस सिक्सका साथ सहरको सडकमा सबैको ध्यान आकर्षित गर्न पाउने दाबी गरेको छ । नेकेड स्ट्रिट फाइटरका विशेषताहरू यति खास छन् कि यसको प्रतिस्पर्धा गर्न सायदै कुनै ब्राण्डका बाइकहरू तयार होलान् ।
एमटीको मिनि भर्सन यस बाइकलाई मुर्त रूप दिन इन्जिनियरहरूले अहोरात्र खोज र परिश्रम खर्च गरेको बताइएको छ । टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल-च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक प्योर ब्रीड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी १५ बीएस सिक्स ।
तसर्थ, बजारमा यस बाइकको माग जतिसुकै चुलिए पनि सो बाइकको उत्पादनमा यामाहाले कदापि सम्झौता गर्ने गरेको छैन । एमटीको उत्पादनमा लाग्ने सामाग्रीहरू यामाहाले विशेष रूपमा छनौट र निर्माण गर्ने गर्दछ । र, जब पहिलो पटक नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लुले एमटीको सबैभन्दा उन्नत प्रविधिले सुसज्जित एमटी बीएस सिक्स सेप्टेम्बर २४, २०२१ गते महा एक्सचेन्ज मेला भृकुटीमण्डपमा लन्च गर्यो उक्त बाइकका लागि देखिएको क्रेज विरलै देख्न पाइने दृश्य थियो । नेपाली बाइक इतिहासमा सायद एकै दिन २०० सय बाइक बिक्री र डेलिभर हुने एमटी बीएस सिक्स पहिलो बाइक हो । उक्त लन्चपश्चात एमटी १५ बीएस सिक्सका लागि माग निरन्तर बढ्दो रहेको छ ।
यस १५५ सिसि लागि यामाहा प्रेमीहरू एमटी १५ चढ्ने आफ्नो सपनालाई कुनै पनि कुराका लागि त्याग्न वा सम्झौता गर्न तयार छैनन् । त्यस्तै, जब बाइकको गुणस्तरलाई कायम गर्ने प्रश्न आउछ यामाहाले पनि कुनै प्रकारको सम्झौता गर्दैन । माथि भनेजस्तै आफ्ना ग्राहकहरूलाई छोटो समयका लागि प्रफुल्लित पार्न आफ्नो बाइक निर्माण कार्यमा यामाहाले आफ्नो मापदण्डसँग मेल नखाने सामाग्री/पुर्जा प्रयोग गर्दैन, चाहे त्यो सामाग्री सानोभन्दा सानो नै किन नहोस् ।
त्यसर्थ, बाइक डेलिभर गर्न केही समय लागेता पनि आफ्नो स्थापित क्लासमा कुनै पनि प्रकारको कमी आउनु नदिनु नै यामाहाको मूल अभिप्राय रहिआएको छ । तर एमटीका लागि जब व्यापक रुपमा माग बढ्दै जाँदा उक्त बाइकको उत्पादनलाई लिएर यामाहाले पनि गम्भिर समस्याको सामना गर्नु पर्यो । जुन थियो यस मोडल निर्माण गर्न आवश्यक पर्ने प्रमुख इलेक्ट्रोनिक चिप्सको अभाव । इलेक्ट्रोनिक चिप्सको अभाव भारतीय बजारमा मात्र नभएर यो विश्वव्यापी परिदृश्य थियो । यामाहालाई ठूलो मात्रामा चिप्सहरू चाहिएको कारणले चिप्स उत्पादकहरू यति चाँडै यामाहाको माग पूरा गर्न सक्ने स्थितिमा थिएनन् ।
कम्पनीले यी अवरोधहरू पार गर्दै अन्ततः एमटी बीएस सिक्सको निर्माण कार्य लगभग सम्पन्न गरिसकेको बताएको छ र, अबको केही दिनमै नेपालभर रहेका यामाहाका वितरकहरूमा बाइक उपलब्ध हुने दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्