काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) अध्यक्ष उपेन्द्र पौड्याल बनेका छन् । पदाधिकारी निर्वाचनमा अध्यक्ष पदका लागि पौड्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन् ।
पौड्यालले म्यानको सदस्य पदको निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए । पौड्याल नबिल बैंकका अध्यक्ष हुन् ।
म्यानको पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा भने २ जनाको उम्मेदवारी परेको छ ।
सुरेन्द्र गोयल म्यानको प्रथम उपाध्यक्ष बन्दा मोहन ओझा महासचिव र हेमा अधिकारी कोषाध्यक्ष निर्विरोध निर्वाचित भए ।
द्वितीय उपाध्यक्षमा अस्मी राणा र अनु जोशीको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस्