काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैशाख ३० गते (आज) बसेको संचालक समितिको बैठकले न्यौपानेलाई बैशाख २ गतेदेखि लागू हुने गरी चार बर्षका लागि सिईओ नियुक्त गरेको हो ।
यसअघिका सीइओ तुलसी राम गौतमको राजीनामा स्वीकृत गरी गत असार मसान्तदेखि न्यौपानेलाई कामु सीइओमा नियुक्त गरिएको थियो ।
गत साउन १ गतेदेखि उनले काम सीइओको जिम्मेवारी सम्हाल्दै आएका छन् । न्यौपाने नयाँ पुस्ताका चर्चित बैंकर हुन् ।
प्रतिक्रिया दिनुहोस्