Shikhar Insurance
National Life

नयाँ वर्षमा एनएमबि बैंकको अफरै अफर

सिंहदरबार संवाददाता
२०७८ चैत्र २९, मंगलवार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०७९ को अवसरमा अफरै अफर ल्याएको छ । बैंकले आफैंले तथा अन्य कम्पनीहरूको सहकार्यमा छुट तथा विविध सुविधा दिने भएको हो ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक एनएमबि हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

यस्ता छन् न्यू इयर अफरः

१. एनएमबि बैंकको ग्राहकलाई सिजीको उत्पादनमा महा छुट
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

२. अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नेछन् ।

यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

३. ई–एनएमबि फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकका ग्राहकले ई–एनएमबि एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकले ई–एनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

४. एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
बैंकका ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रु. २,००० सम्म छुट पाउन सक्नेछन् ।

यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्