काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा रवि लामिछानेलाई नियुक्त गरेको छ । लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको हो ।
बैंकका ब्राण्ड एम्बास्डर लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टउने घोषणा गरे । बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।
यसै गरी यु आर एस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्